+
+

सूर्य थापाले वामदेवलाई ‘एमालेमा फर्कनुस्’ भने, वामदेवले विधानकाे उमेरहद देखाए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते २०:५४

१४ पुस, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले नेता बामदेव गौतमलाई एमालेकै फर्किन आग्रह गरेका छन् ।

बिहीबार गौतमलाई भेटेर थापाले एमालेमै फर्किन गौतमलाई आग्रह गरेका हुन् । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने तपाईंको इच्छा पूरा भइहाल्यो, अब एमालेमै फर्किनुस् भनेर आग्रह गरेँ’ थापाले अनलाइनखबरसित भने ।

जवाफमा गौत्तमले एमालेको विधानलाई देखाएको थापाले जानकारी दिए । थापा थप्छन्, ‘मेरो आग्रहमा उहाँले एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद देखाउनुभयो ।’

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गौतम ९ सदस्यीय सचिवालय सदस्यमध्ये एक थिए । नेकपा भित्रको विवादमा गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।

ओली र प्रचण्डले आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन नभएको सम्बन्धी विवादमा गौतमले प्रचण्डलाई प्रधानमन्त्री बनाएर नेकपा एकता जोगाउनुपर्ने मत राखेका थिए । नाम सम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतले नै नेकपा एकता भंग गरिदिएपछि पनि गौतमले प्रचण्डलाई प्रधानमन्त्री बनाएर नेकपा एकता जोगाउनुपर्ने मत राखेका थिए ।

पछि पार्टी नै विभाजन भएपछि गौतमले नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाए नेकपा एकता जोगिने विगतको गौतमको भनाइमा आधारित भएर नेता थापाले उनलाई प्रचण्ड प्रधानमन्त्री भएकाले अब एमालेमै फर्किन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?