+
+

घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारीमा समस्या : रजिस्ट्रर पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १९:४४

१५ पुस, काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् ।

शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वाषिर्क साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनले आरोप लगाए ।

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफैं त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’

तरलता अभावका बीच सहकारी संघ/संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशत भन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो ।’

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङ्क राख्न नसकेको स्विकार्दै माघपछि वास्तविक तथ्यांक आउने गरी विभागले काम गरिरहेको बताए । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबीप्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्तीय संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?