+
+

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १२:५२

१७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

दुवै बैंकको संयुक्त मर्जर कमिटीले ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?