+
+

अलपत्र भेटिएका तीन बालकको उद्दार, अस्थायी संरक्षण केन्द्र सुनसरी पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:०२

१७ पुस, झापा । प्रहरीले बेवारिसे बालकहरुलाई उद्दार गरेर अस्थायी संरक्षण केन्द्र सुनसरी पठाइएको छ ।

झापाको बुद्ध शान्ति गाउँपालिका-३ बुधबारे बजारमा बेवारिसे अवस्था भेटिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुधबारे प्रहरीले स्थानीय जनप्रतिनिधिको समन्वयमा इटहरीमा रहेको स्थायी संरक्षण केन्द्रमा पठाइएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

उनका अनुसार १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च लिम्बु नामका तीन बालक आइतबार विहान अलपत्र परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?