+
+

पुमास फर्किर्दै ड्यानी अल्भेस

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १७:४५

१८ पुस, काठमाडौं । ब्राजिलियन फुटबल स्टार  ड्यानी अल्भेस आफूमाथि लागेको यौन हिंसाको आरोपबाट मुक्त भएपछि क्लब फुटबलमा फर्कने भएका छन् ।

उनी मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा फर्कन लागेका हुन् । स्पेनिस क्लब बार्सिालोना छाडेर उनी गत जुलाइमा पुमास भनेर चिनिने मेक्सिकन क्लबमा आबद्ध भएका थिए ।

बार्सिलोनाका पूर्व खेलाडी अल्भेसमाथि नाइट क्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

ती महिलाले अल्वेसले आफूलाई अनुचित तरिकाले छोएको भन्दै यौन दुर्व्यहारको आरोप लगाएकी थिइन् । आरोप लगाएपछि महिलाले उनीमाथि कानुनी कारबाहीको माग सहित पुलिसमा उजुरी गरेकी थिइन् । जसमा अल्भेससँग सोधपुछ पनि गरियो । तर अल्भेसले सफाइ पाए ।

४० वर्षका उनले कतार विश्वकपमा ब्राजिलका लागि २ खेल खेलेका थिए ।

विश्वकपपछि बिदामा रहेका अल्भेसले पुमासको जर्सीसहितको तस्वीर राख्दै आफू क्लबमा फर्कन लागेको बताएका हुन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘हामी दोस्रो पटक पुन त्यहि आत्मविश्वास र व्यक्तित्वको साथमा मैदानमा उत्रिनेछौं, जसले हामीलाई चिनाउँछ । हामी सकरात्मक सोच सहित मानिसको इतिहासलाई बदल्नेछौं, छिट्टै भेटौंला ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?