+
+

भँगेराको अनौठो प्रजाति : जसका दुई होइन ४ लिंग छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते २०:४९

काठमाडौं । भँगेरा त हामीले यत्रतत्र देखेका छौँ । तर सेता गर्धन हुने भँगेरा अर्थात् Zonotrichia albicollis का बारेमा सायद तपाइँलाई थाहा नहुन सक्दछ । यो प्रजातिको भँगेराको यौन जिवन निकै जटिल हुन्छ । यो चरामा आम रुपमा हुने भाले र पोथी गरी २ वटा मात्र लिंग हुँदैनन् । यसका फरक फरक चारथरी लिंग हुन सक्दछन् ।

उत्तर अमेरिकामा आम रुपमा पाइने यो भँगेरा प्रजातिको आँखाको माथिपट्टि निकै सफा लाइन बनेको हुन्छ । यो लाइन ठुँडको आधारदेखि आँखाको माथिल्लो भाग हुँदै टाउको पछाडि सम्म पुगेको हुन्छ । यसलाई सुपरसिलियम भनिन्छ । यस्तो घेरा भाले तथा पोथी भँगेरामा हुन्छ । कतिपयमा यस्तो घेरा सेतो नभई गाढा रङको पनि हुन्छ ।

क्यानडाली जिवशास्त्री एलेना टटल र रस्टी गोन्सरले हालै यो भँगेरा प्रजातिमा हुने एक वंशाणुगत उत्परिवर्तन पत्ता लगाएका छन् । उक्त म्युटेसनले गर्दा यो पक्षीको क्रोमोजोमको एक ठूलो हिस्सालाई उल्टाइदिन्छ फलतः यो भँगेरामा चारथरी जिनोटाइप बन्दछन् । जसका कारण यस्ता उत्परिवर्तित जिनोटाइपवाला भँगेराले आफुजस्तै उत्परिवर्तित भँगेरासँग मात्रै प्रजनन गर्न सक्दछन् ।

शोधकर्ताहरुका अनुसार गाढा घेरायुक्त भँगेराले सेतो घेरायुक्त भँगेरासँग मात्र यौन सम्बन्ध बनाउने गरेको पाइएको छ । गाढा घेरायुक्त भाले र पोथी तथा सेतो घेरायुक्त भाले र पोथी भँगेराले एक आपसमा सम्बन्ध बनाउँदैनन् ।

त्यसैले जैविक रुप्मा यो भँगेरामा गाढा घेरायुक्त भाले, गाढा घेरायुक्त पोथी, सेता घेरायुक्त भाले र सेतो घेरायुक्त पोथी गरी ४ वटा लिंग रहने गरेको शोधकर्ताहरुको भनाई छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?