+
+

लिभरपुल ३-१ ले पराजित, शीर्ष चारमा पुग्ने अवसर गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ७:३१

१९ पुस, काठमाडौं । इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।

४२ औं मिनेटमा योयान विजाले अग्रता दोब्बर पारे । ५०औं मिनेटमा लिभरपुलका चेम्बेरलेनले गोल गरेर २-१ को स्थितिमा पुर्‍याए ।

तर ब्रेन्टर्फडका ब्रायन एमबामोले ८४ औं मिनेटमा अर्को एक गोल थपेपछि लिभरपुल ३-१ ले पराजित भयो ।

यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुग्यो । १६ खेलबाट ४३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । ३६ अंकसहित म्यानचेष्टर सिटी दोस्रो, ३४ अंकसहित न्यूक्यासल तेस्रो, ३२ अंकसहित म्यानचेष्टर युनाइटेड चौथो र ३० अंकसहित टोटनहम पाँचौं स्थानमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?