
१९ पुस, काठमाडौं । नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।
मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् ।
‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो । एज पर रुल हामीले त्यो एसीयू (एन्टी करप्सन युनिट) मा एड्रेस गरेका छौं ।’
उनले अघि भने, ‘अप्रोच (प्रस्ताव) र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्यो भन्दैमा (फिक्सिङ) गर्छ भन्ने नै हुँदैन । तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’
कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् । यो कुराले खेलाडीलाई असर पर्ने भन्दै उनले नाम बताएनन् ।
यसअघि नेपाल टी-२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पनि प्रतियोगितामा धेरै शंकास्पद गतिविधि भएको बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै तिमिल्सिनाले शंकास्पद गतिविधिका बारेमा नेपाल क्रिकेट संघ क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी दिएको तर उनीहरुले कुनै चासो नदिएको आरोप लगाएका थिए ।
उनले खेलमा जित हारको नभइ स्पट फिक्सिङ् हुने गरेको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4