+
+

ट्युसन जान्छु भनेर हिंडेका युवा ८ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:०८

२० पुस, धरान । धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् ।

गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् ।

शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् ।

हातखुट्टा राम्ररी नलागे पनि, मानसिक समस्या नभएको आमा पुष्पाको भनाइ छ ।

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत् आम समुदायलाई अपिल गरेका छन् ।

‘आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गरिसक्यौ, कही कतै छ भनेर भन्दैनन,’ बुवा भीम बराइलीले भने, ‘पुलिसले खोजी गर्दैछौ भन्छ, के कस्तो अवस्था छ, एउटै छोरो हो मेरो ।’

प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहा पाउन नसकेको बुवा भीम बराइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?