+
+

नेपाल विज्ञापन संघको २३औं साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:४४

काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित र्‍याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रको सहजीकरण संघका अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले गरेका थिए । दोश्रो सत्रको सहजीकरण भने संघका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभशंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिएि ।

कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउएका थिए ।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरेका थिए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि सचिव अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

विभिन्न संघसंस्थालाई सम्मान

विज्ञापनको क्षेत्रमा निरन्तर योगदान पुर्‍याएको भन्दै संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरुलाई सम्मान समेत गरिएको संघले जनाएको छ ।

विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसि एसिया बैंक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको संघले जनाएको छ ।

सम्मानित संघसंस्थाका प्रतिनिधिहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र संघका अध्यक्ष धितालले संयुक्त रुपमा अर्वाड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?