+
+

प्रभु बैंकले चिडियाघरका दुई वटा रेड पाण्डालाई एक वर्षसम्म आहारा उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:५८

काठमाडौं । प्रभु बैंक लिमिटेडले सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षसम्मका लागि आहारा उपलब्ध गराउने भएको छ ।

रेड पाण्डालाई आहारा उपलब्ध गराउने विषयमा प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले हस्तार गरेका छन् ।

सदर चिडियाखानाद्वारा सञ्चालित “एडप्ट एन एनिमल” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?