+
+

१०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक हन्ड्रेड वुमेन स्टोरिज सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:००

२० पुस, काठमाडौं । विभिन्न क्षेत्रका सफल र समाजलाई विशेष योगदान गरेका १०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।

‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तकमा समावेश भएका १०० महिलामा नेपालभरका प्रहरी, सेना, व्यावसायिक प्रतिष्ठान, समाजसेवा, प्रशासन, निजी क्षेत्रमा सफल मानिएकाहरु छन् ।

रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले प्रकाशन गरेको पुस्तकमा उनीहरूले समाजमा दिएको योगदानबारे चर्चा पनि गरिएको छ ।

एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले पुस्तकमा समावेश भएका महिलालाई पुस्तक प्रदान गरी सम्मान गरेकी छिन् ।

पुस्तकमा डंगोलसहित, राजिन रायमाझी, रुपा खड्का, कविता थापा, मञ्जु मिश्र, बेन्जु सरोज, विद्या न्यौपाने, सम्झना पोखरेल, यमुना घले, परिना लिम्बु, बसुमाया तामाङ, सुमीरा श्रेष्ठ, कविता पाण्डेलगायत छन् ।

पुस्तकको उद्देश्य धेरै पेशा र क्षेत्रहरूमा आफ्नो कार्यहरू मार्फत अरूलाई प्रेरित गर्ने महिलाहरूको प्रशंसा र पहिचान गर्नु रहेको प्रकाशक रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले जनाएको छ ।

रोटरी डिष्ट्रक्ट कमिटि सदस्य रोटरियन सुमिरा श्रेष्ठले नेपाली महिलाले आ–आफ्नो क्षेत्रबाट नेपाली समाजका लागि आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, साहित्यलगायत समग्र पाटोबाट दिएको योगदानलाई पहिचान दिलाउन पुस्तक प्रकाशन गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?