+
+

गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १५:४६

२१ पुस, काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि सत्ता गठबन्धनमा नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार गठनका लागि आह्वान भए पनि कसकाे नेतृत्वमा सरकारमा जाने भन्ने नटुंगिएकाे बताए । केन्द्रबाटै निर्णय नआउँदा अनिर्णित भएकाे उनकाे भनाइ थियाे । ‘प्रदेश प्रमुखबाट आह्वान भएकाे थाहा पायाैं तर हामीले केन्द्रकाे निर्णयबिना केही गर्न सक्दैनाैं,’ चुमानले बताए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी आफू छलफलमा रहेकाे बताए । गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । यसबाहेक ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?