+
+

ड्यानी आल्भेसविरुद्ध बार्सिलोनामा यौन दुर्ब्यवहारको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १७:५६

२१ पुस, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्व डिफेण्डर ड्यानी आल्भेसविरुद्ध बार्सिलोनाकै एउटा नाइट क्लबमा यौन दुर्व्यवहार गरेको उजुरी परेको छ ।

आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । यो घटनाका लागि उनलाई अदालतले बयानका लागि बोलाउन सक्छ ।

समाचार एजेन्सी ईएफईका अनुसार पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छाविपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी हुन् ।

बार्सिलोनाको सटन नाइटक्लबमा ती युवती आफ्ना केहि साथीहरुसँग पुगेकी थिइन् । पीडित भनिएकी युवती र उनका साथीहरुले तत्कालै नाइटक्लबका सुरक्षा अधिकारीलाई घटनाबारे जानकारी गराएको प्रहरीसमक्ष बताएकी छन् ।

बार्सिलोना प्रहरीले नाइटक्लबमा पुगेर घटनासँग सम्भन्धित व्यक्तिहरुको बयान लिइसकेको छ । पीडित युवतीले २ जनवरीमा आधिकारिक रुपमा उजुरी दर्ता गरेकी हुन् । त्यसपछि आल्भेस बार्सिलोना प्रहरीको अनुसन्धान दायरामा तानिएका छन् ।

बार्सिलोना प्रहरीले अब यो उजुरीलाई अदालतमा पेश गर्नेछ । त्यतिबेलासम्म बार्सिलोनाका पूर्व खेलाडीबाट त्यस रात भएको घटनाबारे सम्पूर्ण जानकारी प्रहरीलाई बताउनुपर्नेछ ।

घटनालगत्तै आल्भेस मेक्सिको आइसकेका छन् । अदालतले उनलाई बार्सिलोना फर्कन बाध्य पार्नुको साटो उतैबाट बयान लिन सक्नेछ ।

उनीमाथि यसअघि पनि यो आरोप लागेको थियो र प्रहरीले उनीमाथि सोधपुछ पनि गरेको थियो । तर आरोपबाट सफाइ पाएको उनले इन्स्टाग्राम पोस्टमा आफू पुमासमा फर्कन लागेको घोषणा गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?