+
+

मुक्तिनाथ विकास बैंकद्वारा हुप्सेकोटमा कृषक भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १९:१९

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ ।

भेलाले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड नामको सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ । जसको अध्यक्षमा स्थानीय कृषक टोपबहादुर सेन रहने निर्णय गरेको छ ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा भेला आयोजना भएको बैंकले जनाएको छ ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी रसन्तोष रोकाले सहजिकरण गरेका थिए ।

दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?