+
+

गुणस्तरहीन घ्यू तयार पारेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:२०

२२ पुस, वीरगञ्ज । गुणस्तरहीन घ्यू तयार पारेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

सर्लाही विष्णु गाउँपालिका वडा नं ८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राजेशले वीरगञ्ज महानगरपालिका– १६ स्थित घरमा श्री गणपती रिपैकिङ उद्योग, गणपति पूजा समाग्री रिपैकिङ उद्योग सञ्चालन गर्दै आएका थिए । ती उद्योगमा मिसावटयुक्त घ्यू तयार गरेर बेच्ने गरिएको सूचना आएपछि प्रहरीले छापामारी गरेको थियो ।

उद्योगबाट प्रहरीले २० किलो तौलमा प्याकिङ गरिएको डाल्डा घ्यू २ हजार २ सय ६० लिटर, प्याकिङ गरिएको घ्यू ६ सय १३ लिटर समेत बरामद गरेको छ । मिसावटयुक्त घ्यू बिक्रि भईरहेको सूचनाको आधारमा छापमारी गरेर घ्यू सहित सञ्चालक राजेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

‘मिसावटयुक्त घ्यू बेच्ने गरेको सूचना आएको थियो । हामीले पनि डाल्डा घ्यू र अर्को घ्यू एकै ठाउँमा फेला पारेका छौं ।’ उनले भने ‘ नमुना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउन आवश्यक समन्वय गरिरहेका छौं ।’

नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्ज तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?