+
+

प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १५:२७

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्  । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?