+
+

ठूला दलको कार्यकर्ता नभएकैले रेशम चौधरीमाथि मुद्दा चलाइयो : रञ्जिता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १६:०२

२५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताएकी छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मुद्दा लगाइएको टिप्पणी गरिन् ।

न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मुद्दा लगाइयो ? कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मुद्दा लगाइयो । र, थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा राखियो ।’

टिकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताउँदै उनले भनिन्, ‘टिकापुर थारु आन्दोलन, टिकापुर घटना कुनै बन्द कोठा भित्र घटाइएको घटना थिएन, हजारौंको भिडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखिएको छ ।’

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री एवं रास्वपाका अध्‍यक्ष रवि लामिछाने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?