+
+

हिमालयन बैंकले ७ शाखामा सञ्चालनमा ल्यायो निक्षेप क्यास रिसाइकलर मेसिन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:१०

काठमाडौं । हिमालयन बैंकले ‘क्यास रिसाइकलर मेसिन’ (नगद झिक्ने तथा जम्मा गर्ने ) सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखाहरुमा उक्त मेसिन सञ्चालनमा ल्याएको बैंक्ले जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित ठमेल शाखा, महाराजगञ्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा गरी सात वटा मेसिसन सञ्चालनमा ल्याएको जनाएको छ । यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकले जनाएको छ ।

उक्त मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुने र जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?