+
+

राखेपले एशियाडका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १९:३९

२६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुनेछ ।

प्रशिक्षणमा करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षकको सहभागिता रहने छ । नियमित पछि क्रमैसँग विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि गत जेठ असारमा डेढ महिना एशियन गेमका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो । तर सेप्टेम्बर २०२२ मा हुने भनिएको एशियन गेम्स एक वर्षपछि सरेपछि प्रशिक्षण रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?