+
+

गोल्डेन ग्लोब्स : ‘द फाबेलम्यान्स’लाई शीर्ष अवार्ड, ‘आरआरआर’ मौलिक गीत विधामा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ११:३१

काठमाडौं । यसवर्षको गोल्डेन ग्लोब्स अवार्ड नेपाली समयानुसार बुधबार बिहान प्रदान गरिएको छ । ‘द फाबेलम्यान्स’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ले फिल्मको विधातर्फ बाजी मारे भने ‘एबट एलिमेन्टरी, हाउस अफ द ड्रयागन र द व्हाइट लोटस’जस्ता सिरियलले टेलिभिजन कार्यक्रमतर्फ उपाधि जिते ।

ओस्कार अवार्डपछिको विश्व प्रतिष्ठित मानिने यो अवार्डमा भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले मौलिक गीततर्फको विधामा गोल्डेन ग्लोब्स जित्यो ।

‘द ब्यान्सिज अफ इनिसिरिन’ फिल्मले मित्रताबीच आउने संकटलाई हास्य शैलीमा प्रस्तुत गर्छ । यसले पटकथा र कोलिन फारेलको शीर्ष अभिनयसहित तीन पुरस्कार जित्यो । बाल्यकालीन अनुभव समेटिएको स्टिभन स्पिलवर्गको फिल्म ‘द फाबेलम्यान’ले निर्देशनतर्फ पुरस्कार जित्यो ।

भारतीय फिल्म ‘आरआरआर’का संगीतकार एमएम कीरावणी

अभिनेतातर्फको पुरस्कार अस्टिन बटलरलाई दिइयो, जसले फिल्म ‘एल्विस’मा एल्विस प्रेस्लीको भूमिकामा अभिनय गरेका थिए । अभिनेत्रीतर्फको पुरस्कार फिल्म ‘टार’बाट केट ब्ल्यान्चेटलाई दिइयो, जुन फिल्ममा उनले शोषित कामदारको भूमिका निर्वाह गरेकी छन् ।

अवार्ड विजेताको सूची

उत्कृष्ट फिल्म, ड्रामा : द फाबेलम्यान्स (युनिभर्सल पिक्चर्स)

बेस्ट फिल्म, म्युजिकल वा कमेडी : द ब्यान्सिज अफ इनिसिरिन (सर्चलाइट पिक्चर्स)

उत्कृष्ट निर्देशक, मोसन पिक्चर : स्टिभन स्पिलवर्ग (द फाबेलम्यान्स)

उत्कृष्ट पटकथा, मोसन पिक्चर : द ब्यान्सिज अफ इनिसिरिन– मार्टिन म्याकडोनाघ

उत्कृष्ट अभिनेता, फिल्मतर्फ : अस्टिन बटलर (एल्विस)

उत्कृष्ट अभिनेत्री, फिल्मतर्फ : केट ब्ल्यान्चेट (टार)

उत्कृष्ट अभिनेत्री म्युजिकल वा कमेडी फिल्मतर्फ : मिसेलशेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

उत्कृष्ट अभिनेता म्युजिकल वा कमेडी फिल्मतर्फ : कोलिन फारेल (द ब्यान्सिज अफ इनिसिरिन)

उत्कृष्ट सहायक अभिनेत्री, फिल्मतर्फ : एन्जेला बासेट (ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर)

उत्कृष्ट सहायक अभिनेता, फिल्मतर्फ : के हुआ क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

उत्कृष्ट टेलिभिजन सिरिज : एबट एलिमेन्टरी (एबीसी)

उत्कृष्ट अभिनेत्री, टेलिभिजन सिरिजतर्फ : जेन्डाया (युफोरिया)

उत्कृष्ट गैरअंग्रेजी फिल्म : अर्जेन्टिना १९८५ (अर्जेन्टिना)

उत्कृष्ट मौलिक गीत, फिल्मतर्फ : नाटु नाटु (आरआरआर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?