+
+

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १२:१४

२८ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो ।

बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।

यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।

यसैगरी, निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउँसो मृत बाघ फेला पारेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?