+
+

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १५:१३

२८ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गाेपनीयताको शपथ लिएका छन् ।

प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।

लगत्तै शेरचनले दुई जना विना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले विना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।

रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?