+
+

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:३३

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् ।

ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् । ट्रेलरले फिल्मको कथावस्तुलाई संक्षिप्त रुपमा भन्ने प्रयास गरेको छ ।

जसअनुसार कार्तिकको पात्रले थाहा पाएको छ कि ऊ वास्तवमा करोडपतिको छोरो हो । करोडपतिको भूमिकामा रोनित रोयले अभिनय गरेका छन् भने कामदार वर्गको भूमिकामा परेश रावलले ।

आफू कामदार वर्गको नभएको भन्ने दाबीलाई अन्ततः कार्तिकको पात्रले पुष्टि गर्छ । भूषण कुमार, अल्लु अरविन्द र अमन गिलद्वारा निर्मित यो फिल्म यस वर्षको कार्तिकको पहिलो फिल्म हो । सन् २०२२ मा कार्तिक अभिनित ‘भूलभुलैया २’ निकै हिट रह्यो, जसले द कश्मीर फाइल्स, दृश्यम २ र ब्रह्मास्त्रपछि धेरै व्यापार गर्न सफल भयो ।

‘शहजादा’मा कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय र सचिन खेडेकर पनि छन् । फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन् । उनी ‘देशी ब्वाइज’ र ‘डिशूम’पछि निर्देशनमा फर्किएका छन् । फिल्म फागुन १० गते हलमा रिलिज हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?