+
+

मलाइका अरोरादेखि स्वस्तिमा, उपासनासम्मले काठमाडौंमा देखाए फेसनको जादू (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २२:१६

काठमाडौं । विहिबार काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकन मलाइका अरोरादेखि नेपाली अभिनेत्रीसम्मले सौन्दर्यको जादू छरेका छन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरे ।

मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन् । रनवेमा मलाइका प्रस्तुत हुँदा रनवेको माहोल चम्किएको थियो । मलाइकालाई रनवेमा नेपाली अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासनासिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए ।

रनवेमा नेपाली मोडलहरु रत्न र आभूषण जडित गहना लगाएर र्‍याम्प नापेका थिए । कार्यक्रममा गायिका सुवानी मोक्तानले सांगीतिक प्रस्तुति दिएकी थिइन् । बलिउड अभिनेत्री समेत रहेकी मलाइका फेसन शोमा सहभागि हुन विहिबार बिहान काठमाडौं आएकी थिइन् । शुक्रबार बिहान उनी भारत फर्कने तालिका छ । नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको एक्स्पो शुक्रबारदेखि तीन दिनसम्म संचालन हुँदैछ जहाँ दर्शकले निःशुल्क सहभागिता जनाउन सक्नेछन् ।

नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?