+
+
यात्रा :

जाडोयामको गन्तव्य च्छोरोल्पा हिमताल

जीवन लामा जीवन लामा
२०७९ माघ ४ गते १२:११

अहिले च्छोरोल्पा धेरैको गन्तव्य बन्न थालेको छ । हिउँदबाहेक सबै सिजनमा त्यहाँ नपुगेका सायद कमै होलान् । हिउँदमा ताल पूरै जम्ने भएकाले त्यहीमाथि उफ्रिने, नाच्ने समेत गर्न सकिन्छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्छ, च्छोरोल्पा हिमताल ।

नयाँ अनुभवको लागि हिउँदमा घुम्न जानेको पनि कमी छैन । सदरमुकाम चरिकोटबाट तीन दिनमै सहज तरिकाले पुग्न सकिन्छ, च्छोरोल्पा हिमताल । २०७२ सालको भूकम्पपछि स्वीस सरकारले च्छयोतछ्योतदेखि च्छोरोल्पा हिमतालसम्मै बाटो राम्रो बनाइदिएको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना लगायतले ठाउँ–ठाउँमा बाटो देखाउन उचाईसहितको साइन बोर्ड राखिदिएको छ ।

अहिले अफ सिजनमा पनि च्छोरोल्पा घुम्न जान थालेका छन् । स्वदेशी तथा विदेशी पर्यटकहरु फरक सिजनमा फरक दृश्यावलोकनको लागि त्यहाँ पुग्ने गर्छन् । हिउँदमा खोलानाला, झरना, ताल सबैमा आइस जमेको हुन्छ । आइसमा फोटो, भिडियो र टिकटक बनाउन लागि पर्यटकहरु रमाउने गर्छन् । पुस महिनाको पहिलो सातादेखि नै चिसोको कारण दोङाङदेखि सबै स्थानमा हिउँ जमेर आइस बनेको हुन्छ ।

हिउँदमा सुर्मुचे, वेदिङ र ना गाउँका होटलहरु बन्द हुन्छ । धारा, पाइपमा पानी जमेकाले पिउन र चर्पी प्रयोगको लागि पानीको समस्या हुन्छ । चिसो मौसम नै भए पनि पर्यटकहरु आउन थालेपछि होटल बन्द गर्नु पर्ने बाध्यता सुनाउँछन्, वेदिङका गौरीशंकर होटल सञ्चालक दोमी लामा ।

च्छोरोल्पा हिमतालमा छोटो दूरी र सजिला बाटो भएकाले पनि पर्यटकको ओइरो नै लाग्ने गर्छ । यस क्षेत्रमा रहेका होटलहरुमा बस्न खाना सस्तो अन्तको भन्दा सस्तो छ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको कमी छैन । यस सिजनमा मात्रै ७ हजार पर्यटकले च्छोरोल्पा, दूधकुण्ड घुमेका थिए । च्छोरोल्पा हिमताल ४ हजार ५८० मिटर उचाईमा रहे पनि जाडोयाममै घुम्न जान जोकोही मोहित हुन्छन् ।

च्छोरोल्पा घुम्न जाँदा सिमीगाउँ, सुर्मुचे, दोङाङ, वेदिङ हुँदै नागाउँमा बास सकिन्छ । यहि महिना भर्खर मात्र चरिकोटबाट दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल लगायतका टिम त्यहाँ घुम्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?