+
+

फेलिक्सलाई डेब्युमै रातो कार्ड, चेल्सी फुलहामसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:५५

२९ पुस, काठमाडौं । यो सिजन खराब लयमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहामसँग हार बेहोरेको छ । वेस्ट लन्डन डर्वीको खेलमा चेल्सी घरेलु टोली फुलहामसँग २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा फुलहामलाई जिताउन चेल्सीकै पुर्व मिडफिल्डर विलियम र भिनिसियसले गोल गरे । चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काए ।

क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलको २५औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनको पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार टिभोह चलोवाहलाई डिफ्लेक्ट हुँदै सुन्दर गोलमा परिणत भएको थियो ।

४७औं मिनेटमा कालिडोउ कोउलीवलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औंं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित हुन पुगेको थियो । यसैसाता स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा चेल्सी आएका पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स आफ्नो डेब्यु खेलमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

बल खोस्नेक्रममा टिटेमाथि च्यालेन्ज गरेपछि रेफ्री डेभिड कोटले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

त्यसपछि ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे । उनले एन्ड्रिएस पेरेइराको पासलाई गोल गर्न सफल भएका थिए ।

यस जितले फुलहाम १९ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १८ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा छ । लगातारको हारले चेल्सीको शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ ।

फुलहामको राम्रो लय

फुलहामका समर्थकका लागि भने यो जित निकै महत्वपूर्ण रहेको थियो । अन्तिम सिटीसँग उनीहरुको उत्साह निकै भव्य थियो । चेल्सीलाई पराजित गरेपछि फुलहामका प्रशिक्षक सिल्भाले भने, ‘चेल्सी राम्रो टिम हो । उनीहरु ठूलो टिम हो । उनहरुको आर्थिक अवस्था हाम्रो भन्दा निकै फरक छ । हामी उनीहरुसँग तुलना गर्नै सक्दैनौं ।’

उनले अघि भने, ‘यो निकै महत्वपूर्ण रात थियो । हाम्रा समर्थकहरुका लागि निकै खास थियो । उनीहरुले रेफ्रीको अन्तिम सिटीपछि मनाएको खुसी निकै महत्वपूर्ण छ ।’

‘हाम्रा खेलाडीहरु यो सिजन निकै राम्रो गरिरहेका छन् । तर हामीलाई थाहा छ, हामी भर्खर सिजनको बिचमा छौं । हामी अझ राम्रो गर्न सक्छौं’, प्रशिक्षक सिल्भाले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?