+
+

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३० गते २१:१३
फाइल तस्वीर

काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे दुई वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिं आगामी माघ ३ गतेलाई पेसी तोकिएको छ ।

कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तोमा उनलाई प्रमुख भूमिकामा लिने योजनासहित एक फिल्म निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजतपत्र लिएका छन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका हुने गरी फिल्म ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो ।

पलसहित कविता राय र आरएल लामा कलाकारको रुपमा हुने गरि निर्माण हुन लागेको फिल्मलाई शिवम् अधिकारीले निर्देशन गर्ने जनाइएको छ । तीन वर्षभित्र फिल्म निर्माण गर्ने गरी निर्माताले अनुमति लिएको देखिन्छ । फिल्मको बजेट एक करोड रुपैयाँ तय गरिएको छ ।

तनहुँ जिल्ला अदालतले फैसला सुनाउन बाँकी छ । नवलपुर अदालतको फैसलालाई चुनौति दिँदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । अदालतबाट फैसला नआउँदै निर्माताले उनलाई लिएर फिल्म बनाउन अनुमति लिएका हुन् । गत महिना अर्का फिल्म निर्माता किरण नेपालीले पनि कारागार पुगेर पललाई भेटेपछि उनलाई लिएर फिल्म बनाउने बताएका थिए ।

आगामी फागुनमा पल कारागारमा रहन थालेको एक वर्ष बित्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?