+
+

चीनमा पछिल्लो एक महिनामा मात्रै ६० हजार कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते ७:०६

१ माघ, काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईका अनुसार चीनमा सुरु भएको पछिल्लो लकडाउन खुकुलो भएपछि सार्वजनकि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

ब्युरोले सार्वजनिक गरेको आँकडा त्यहाँका स्वास्थ्य संस्थामा भएको रेकर्ड हो । मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

जिआओका अनुसार ५,५०३ जनाको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण र ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका रोगका कारण भएको छ ।

चीनले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो ।

तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै संकीर्ण’ भएको बताएको थियो ।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको संख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ ।

केही दिनअघि मात्रै त्यहाँका अधिकारीहरूले कोरोना संक्रमणले मृत्यु हुनेको यकिन संख्या लिन आवश्यक नभएको समेत बताएकका थिए ।

कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत ६५ वर्षमाथिको उमेरका रहेको चिनीयाँ दाबी छ ।

-अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?