+
+

पोखरा विमान दुर्घटना : भारतीय दूतावासले जारी गर्‍यो हेल्पलाइन नम्बर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:२४

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना आफ्ना पाँच जना नागरिक परेको जानकारी पश्चात काठमाडौंस्थित भारतीय राजदूतावासले सम्पर्कका लागि हेल्पलाइन नम्बर जारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकारले जारी गरेको विज्ञप्तिमा पाँच जना भारतीय नागरिकसमेत रहेको विषय जानकारीमा आएको उल्लेख गर्दै दूतावासले हेल्पलाइन नम्बर जारी गरेको छ ।

दूतावासले काठमाडौंका लागि दिवाकर शर्माको नाममा ९८५११०७०२१ र पोखराका लागि लेफ्टिनेन्ट कर्नेल शहदेव त्रिपाठीको नाममा ९८५६०३७६९९ हेल्पलाइन नम्बर जारी गरेको जनाएको छ । साथै, दूतावास स्थिानीय प्रशासनसँग सम्पर्कमा रहेको र अवस्थालाई निगरानी गरिरहेको जनाएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२) जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

दुर्घटनामा पर्नेमा भारतका पाँच जना, रसियाका चार जना, कोरियाका दुई जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका एक/एक जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?