+
+

हेल्प नेपालले तेस्रोपल्ट जित्यो एनभीए क्लब च्याम्पियनसिप

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १८:५२

१ माघ, काठमाडौं । सातौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । हेल्प नेपालले क्लब च्याम्पियनसिपको उपाधि जितेको यो तेस्रोपल्ट हो ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो । यसअघि छैटौं संस्करणको प्रतियोगितामा आर्मीसँग पराजित हुँदै उपविजेता बनेको हेल्पनेपालले यसअर्थमा बदलासमेत लिएको छ ।

पाकिस्तानका दुई खेलाडी समेटेको हेल्प नेपाल र राष्ट्रिय टिमका अधिकांश खेलाडीले भरिएको आर्मीबीचको खेल एकपक्षीय हुने अनुमान कमैले गरेका थिए । यी दुवै टिम अपराजित रहँदै फाइनलमा पुगेका थिए ।

हेल्प नेपालले २५–२१, २६–२४ र २५–२३ ले आफ्नो पक्षमा पारेको हो । हेल्प नेपालले यसअघि २०७३ र २०७६ को संस्करणमा पनि उपाधि जितेको थियो । प्रभावशाली विदेशी खेलाडीको सहकार्यमा हेल्प नेपाल पछिल्लो ६ वर्षदेखि सधै उपाधि दावेदार रहँदै आएको छ ।

क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १५ टिमको सहभागिता थियो । आइतबारै तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै हेल्प नेपालले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । आर्मीले २ लाख र तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ पुरस्कार पायो ।

यसअधि आइतबार नै भएको महिलातर्फको फाइनलमा न्यु डायमण्डलाई ३–२ को सेटमा हराएर नेपाल पुलिसले उपाधि जितेको छ । पुलिसले एक दशकपछि क्लब च्याम्पियनसिपको उपाधि जितेको हो । महिलातर्फ आर्मीलाई हराएर एपीएफ तेस्रो भएको हो ।

क्लब च्याम्पियनसिपका शीर्ष टिमबीच भलिबल संघले राष्ट्रिय क्लब लिग खेलाउनेछ । पुरुषतर्फ ८ वटा र महिलातर्फ ६ वटा टिमले राष्ट्रिय क्लब लिग खेल्नेछन् ।

सातौं एनभीए क्लब च्याम्पियनसिपका शीर्ष तीन टिम

पुरुषतर्फ
विजेताः हेल्प नेपाल
उपविजेताः त्रिभुवन आर्मी
तेस्रोः एपीएफ

महिलातर्फ
विजेताः नेपाल पुलिस
उपविजेताः न्यु डायमण्ड
तेस्रोः एपीएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?