+
+

पोखराले भोगेको भयानक दुर्घटना

सुदर्शन रञ्जित/युनिश गुरुङ सुदर्शन रञ्जित/युनिश गुरुङ
२०७९ माघ १ गते २२:१९

१ माघ, पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भयो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो ।

स्थानीय बासिन्दा र सर्वसाधारणको ठूलो समूह विमान दुर्घटना भएको क्षेत्रमा हेर्न पुगेको थियो । भीडका कारण एम्बुलेन्स, वारुणयन्त्र आउजाउमै समस्या भएको थियो । अत्यधिक भीड हुँदा फोन नेटवर्कमा समेत समस्या आएको थियो ।

उद्धार तथा यात्रु खोजी गर्न समस्या उत्पन्न भएपछि क्रेनको प्रयोग गरिएको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६८ जनाको शव फेला परेको छ भने बाँकी ४ जनाको खोजी कार्य जारी छ ।

उद्धार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान हुन सकेको छ । पहिचान नभएका बाँकी शवको डिएनए परीक्षणका लागि सोमबार काठमाडौं लगिने कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।

प्रतिष्ठानको शवगृह अघिको वातावरण आइतबार शोकमग्न बनेको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको शव पर्खेर आफन्तहरु भावविह्वल थिए ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?