+
+

यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

सुदर्शन रञ्जित सुदर्शन रञ्जित
२०७९ माघ २ गते ८:४४

२ माघ, काठमाडौं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।

सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।

आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?