+
+

प्रिमियर लिगको उपाधि यात्रामा आर्सनलको ‘नियन्त्रण’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १३:३९

२ माघ, काठमाडौं । प्रिमियर लिग जित्नका लागि आर्सनल अब दावेदारका रुपमा अगाडि आएको छ । अंकतालिकाको शीर्ष स्थानमा उनीहरुको उडानले केहि प्रष्ट संकेत देखाएको छ ।

केवल एउटा कुरा मिकेल आर्टेटा प्रशिक्षित आर्सनलको बारेमा अहिलेसम्म बुझ्न सकिएको छैन । त्यो के हो भने उनीहरु सिजनको दोस्रो भागमा पनि सबैभन्दा अगाडि रहन कस्तो रणनीति बनाउनेछन् । तर, उपाधि दौडमा सामेल हुने अनुभवहीनताको असर उनीहरुले मैदानमा महशुस हुन दिएका छैनन् ।

आइतबार लण्डन डर्बीमा टोटनह्याममाथिको शानदार जित यसको पछिल्लो उदाहरण हो । पहिलो हाफमा हामीले उनीहरुको आक्रामक सोच र रचनात्मकता देख्यौं । टोटनह्यामलाई नियन्त्रणमा राखेर उनीहरुकै कमजोरीमा खेल्ने आर्सनल रणनीति वास्तवमै प्रभावशाली रह्यो ।

दोस्रो हाफमा आर्सनल रक्षात्मक देखियो । तर, उनीहरु बल विना पनि उत्तिकै सुन्दर थिए । टोटनह्यामले गोल फर्काउन नसक्नुमा गोलरक्षक आरोन राम्स्डेलको शानदार प्रदर्शन पनि हो ।

उनीहरुको पूरा टिम प्रदर्शनबाट म वास्तवमै प्रभावित भएँ । अग्रपंक्तिदेखि रक्षापंक्तिसम्म उनीहरु सशक्त थिए । साथसाथै थोरै आक्रामक र भोको । उनीहरुले यस्तै स्वभाव अगामी केहि महिनासम्म कायम राख्नुपर्नेछ ।

१८ खेलपछि ८ अंकको अग्रताले आर्सनलका लागि एक शानदार उपलब्धि हो । र, यसका लागि उनीहरु पूर्ण हकदारसमेत रहे ।

अब आर्सनलले त्यहीँ रहने प्रयास गर्नुपर्छ । उनीहरुका धेरै खेलाडीहरु पहिला नै कठिन अवस्थाबाट सिकेर आएका छन् । ती खेलाडीले बुझेका छन् कति छिट्टै अवस्था परिवर्तन हुनेछ । उनीहरु गत सिजनको अन्तिम साता शीर्ष चारमा स्थान बनाउन चुकेका थिए । आफ्नै मुठ्ठीबाट च्याम्पियन्स लिगको अवसर गएको उनीहरुले देखेका छन्, महशुस गरेका छन् ।

तर, यो सिजनको सुरुवातदेखि नै मैले भनिरहेको छु कि आर्सनलको मानसिकता एक अलग टिमका रुपमा देखिएको छ । र, आर्टेटा तथा उनको प्रशिक्षण कर्मचारीहरुसँग थप एक वर्षको अनुभव पनि थियो । आर्टेटाले एक प्रतिभाशाली टिमलाई सानदार रवैयाका साथ एकतावद्ध गरेका छन् । प्रशिक्षकसँग खेलाडीहरु अधिक सहज देखिएका छन् ।

जित्नका लागि प्रवल इच्छाशक्तिका साथसाथै प्रशिक्षक आर्टेटा हरेक अवस्थामा मजबुद छन् र हरेक चोट ब्यहोरेका छन् । जसमा गाव्रियल जेसस पनि सामेल छन् । जो सिजनको सुरुवातमा उनका लागि निकै महत्वपूर्ण थिए । तर, विश्वकपपछि खेलिरहेका छैनन् । एडी एनकेतियाले अहिले अग्रपंक्तिबाट नेतृत्व गरिरहेका छन् । जसले गर्दा जेससको अभाव महशुस भएको छैन ।

सामरिक रुपमा हेर्ने हो भने यस्तो लागिरहेको छ कि आर्टेटा कुनै पनि अवस्थाका लागि तयार छन् । उनले निश्चित रुपमा आइतबार आफ्नो रणनीतिका साथ टोटनह्यामका समकक्षी एन्टोनियो कान्टेलाई पछि छोडे । खासगरी पहिलो हाफमा यस्तो लागिरहेको थियो कि मैदानको हरेक क्षेत्रमा आर्सनलसँग एक अतिरिक्त खेलाडी पनि थिए ।

निश्चित रुपमा अहिले पनि थुप्रै बाधाहरु सामना गर्न बाँकी छ । उनीहरुले अझै म्यानचेस्टर सिटीसँग दुईपल्ट खेल्न बाँकी छ । त्यसअघि अर्को साताको अन्तिममा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

तर, जव तपाईँ शीर्ष स्थानमा हुनुहुन्छ भने हरेक खेल कठिन हुनेछ । यद्यपी यो समय आर्सनल वास्तवमै बलियो देखिएको छ । चाहे उसले जोसुकैसँग खेलोस् खेलाडीहरु प्रष्ट रुपमा आत्मविश्वासले भरिएका छन् र यस्तो पनि लागिरहेको छ कि उनीहरुलाई रोक्न कठिन हुनेछ ।

के म्यानचेस्टर युनाइटेड उपाधि दौडको हिस्सा बन्नसक्छ ?

आर्सनलका लागि पूरा सप्ताहन्त निकै राम्रो थियो । उपाधिका लागि तपाईको निकटम प्रतिद्वन्द्वीको खराव लयले पनि तपाईलाई सहज बनाउनेछ । जस्तो कि शनिबार म्यानचेस्टर डर्वीमा सिटी पराजित भयो ।

साविक विजेता सिटी मार्कस रासफोर्डको गोलमा अभागी थियो । जो मेरो विचारमा अफसाइड हुनुपर्ने थियो । त्यो गोलले खेललाई पूर्ण रुपमा परिवर्तन गरिदियो ।

मैले अहिलेसम्म पनि सिटीले उपाधि दौडबाट आफूलाई पर राखेको महशुस गरेको छैन । र, उनीहरु एक्लो टिम पनि होइनन् जसले आर्सनललाई चुनौति दिन सक्छन् ।

म बुझ्न सक्छु कि मान्छेहरु फेरि म्यानचेस्टर युनाइटेडका बारेमा किन कुरा गरिरहेका छन् । किनभने उनीहरु यससमय निकै नै राम्रो परिणामबाट उडान भरिरहेका छन् । र, एरिक टेन हागले छोटो समयमा आफ्नो टिममा आश्चर्यजनक प्रगति गरेका छन् ।

तत्कालका लागि युनाइटेडलाई तपाईंले बाहिर राख्न सक्नुहुन्न । किनभने उनीहरु अर्को आइतबार इमिरेट्स रंगशाला जाँदैछन् । उनीहरुले जिते भने उपाधिको दावेदारितामा युनाइटेड अगाडि आउनेछ । तर, आर्सनलले बाजी मार्यो भने उनीहरुको उपाधि लक्ष्य पूर्ण रुपमा समाप्त हुनेछ ।

म्यानचेस्टर युनाइटेडजस्तै न्यूकासल पनि साविक विजेता सिटीभन्दा एक अंकले पछि छ । तर, उनीहरुले एक खेल बढी खेलेका छन् । म अहिलेसम्म न्युकासललाई उपाधि दावेदारका रुपमा लिन्न । वास्तवमा मलाई अझै पनि के लाग्छ भने उनीहरुले शीर्ष चारभित्र रहेर लिग समाप्त गरे भने चमत्कार हुनेछ ।

आइतबार टोटनह्यामको हार न्युकाशलका लागि सकारात्मक समाचार हो । किन भने अहिलेका लागि टोटनह्याम नै न्युकासलका लागि ठूलो खतरा हो । हामीले पछिल्लो सिजन के देखेका छौं भने उसले आर्सनललाई स्तब्ध पार्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो ।

पछिल्लो केहि साता आफ्नो खराव लयका बाबजुद चेल्सीले सुधार गर्नेछ भन्ने मेरो अपेक्षा हो । किनभने उसका खेलाडीहरु चोटबाट फकिएका छन् । तर, तत्कालका लागि लिभरपुलको भने सम्भावना छैन ।

(प्रिमियर लिगका महान खेलाडी एलन सेररले बीबीसी स्पोर्टससँग गरेको कुराकानीमा आधारित)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?