+
+

बुटवल-भैरहवामा नेक्सन ईभीको रेन्ज टेस्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:२६

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा बुटवल र भैरहवामा नेक्सन ईभीको रेन्ज टेस्ट आयोजना गरिएको छ ।

‘नेक्सन ईभी रेन्ज टेस्ट २०२३’ नाम दिइएको अभियानमा टाटा नेक्सन ईभी गाडी भएका ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले वातावरणको संरक्षण तथा देशको दीगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित उक्त अभियान सञ्चालन गरिरहेको छ ।

बुटवल–भैरहवा सडकको रेन्ज टेस्टमा सहभागी सुवास खड्काले काठमाडौंको रेन्ज टेस्टको रेकर्डलाई ब्रेक गरेका छन् । खड्काले ३९७ किमिसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल भएका छन् । यसअघि काठमाडौंमा भएको रेन्ज टेस्टमा काठमाडौंका सलिम श्रेष्ठको ३४७ किमि रेञ्जको रेकर्ड राखेका थिए । सलिमलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भएका खड्का प्रथम घोषित भए ।

३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुँदा ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो भए । कार्यक्रममा सहभागी मध्ये २२ जनाले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सफल भएका थिए ।

कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाई विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । प्रथम हुने सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुङ स्मार्ट एलईडी टिभी पाएका छन् । दोश्रो हुने गोपाल शर्माले सामसुङ ओभेन पाउँदा तेश्रो हुने सुवोध भट्टराईले एयर फ्रायर पाएका छन् ।

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी दिए ।

गत ३० पुसमा सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?