+
+

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १४:२२

३ माघ, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।

उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् ।

राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन् ।

यो रणनीति अन्तर्गत आँखाको उपचारलाई थप गुणस्तरीय बनाउँदै सेवाग्राहीमैत्रि बनाउने सरकारी योजना सामेल छ ।

आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?