+
+

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम समूह विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:४८

३ माघ, काठमाडौं । एपीएफलाई ४ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा समूह ए को विजेता बनेको छ ।

इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगितामा समूहको आफ्नो अन्तिम खेल जितेर सुदूरपश्चिम समूह विजेता बनेको हो । यो समूहबाट सुदूरपश्चिम र एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए ।

मंगलबार भएको खेलमा ९१ रनको लक्ष्य पाएको सुदूरपश्चिमले इनिङ्सको ४ बल बाँकी छँदा ६ विकेट गुमाएर विजय हासिल गरेको हो ।

सुरुवात राम्रो गर्न नसके पनि मध्यक्रममा डली भट्ट र भेट्रान ऋतु कनोजियाले पाँचौं विकेटका लागि ५० रनको अर्धशतकीय साझेदारी गरेपछि सुदूरपश्चिमको जित सहज भएको हो । एपीएफको बलिङ पनि अनुशासित रहेन । सुदूरपश्चिमले १८ अतिरिक्त रन पाएको थियो ।

सुरुवाती चार विकेट सस्तैमा गुमाएको सुदूरपश्चिमका लागि डलीले पाँचौं नम्बरमा आएर ३३ रनको योगदान गरिन् । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । ऋतुले २२ बलमा १० रन जोडिन् । बलिङमा एपीएफकी भेट्रान नेरी थापाले ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्नै १० रन खर्चिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल खडा गरेको थियो । मध्यक्रमकी ममता चौधरीले २६ बलमा २६ रन बनाएकी थिइन् । रोमा थापा १५, इन्दु बर्मा ११ र ओपनर ज्योति पाण्डेले १७ रनको योगदान गरेका थिए ।
बलिङमा सुदूरपश्चिमकी कविता जैसीले ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिन् । ऋतु कनोजियाले २ विकेट लिइन् । कविता कुँवर र मनिषा चौधरीले १–१ विकेट लिए ।

समूह ए मा उपविजेता बनेको एपीएफले माघ ६ गते हुने सेमिफाइनलमा समूह बी को विजेता प्रदेश १ सँग खेल्ने निश्चित भएको छ । समूह ए को विजेता सुदूरपश्चिमले भने समूह बीमा रहेका लुम्बिनी र मधेश प्रदेशबीच बुधबार हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?