+
+

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ८:२२

४ माघ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिंदैछन् ।

आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले सामर्थन दिंदा उनलाई हाल ७२ सांसदको समर्थन छ ।

आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ७२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका २ सांसदको शपथ विवादको कारण रोकिएको छ ।

हालसम्म कांग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि विश्वासको मत दिने मनसाय बनाएको छ । मंगलबार मुख्यमन्त्री यादवले काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई पत्र दिंदै विश्वासको मतका लागि आग्रह गरेका थिए ।

कांग्रेसले अहिलेसम्म विश्वासको मत दने मनसाय बनाएको र दिने वा नदिने विषयमा १० बजे बस्ने कांग्रेस संसदीय दलको बैठकले निर्णय लिने सांसद शेषनारायण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?