+
+

चिनीको आपूर्ति सहज बनाउन प्रधानमन्त्रीलाई अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १३:१७

४ माघ, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारलाई चिनीको आपूर्ति व्यवस्था सहज बनाउन अनुरोध गरेको छ । मञ्चले बुधबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिंदै चिनीको मूल्यमा उपभोक्ता ठगिएको जानकारी गराएको छ ।

उपभोक्ताले बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म तिर्न बाध्य भएको पनि मञ्चले प्रधनमन्त्री कार्यालयलाई बुझाएको निवेदनमा उल्लेख छ ।

आयात प्रतिबन्धका बाबजुत बजारमा अवैध चिनी भित्रएको र ४० रुपैयाँमा किनिएको गुणस्तरहीन चिनी महँगोमा बिक्री गरिएको मञ्चले जनाएको छ ।

चिनीको आपूर्ति सरकारी ढंगबाट सही तरिकाले गराउन र अवैध आयातलाई रोक्न पनि मञ्चले सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?