+
+

उपसभामुखबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:०८

५ माघ, काठमाडौं । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ ।

रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?