+
+

नेपाली कप्तान रुविनाले बर्मिज आर्मीबाटै फेयरब्रेकको नयाँ सिजन खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १८:२०

६ माघ, काठमाडौं । फेयरब्रेक आमन्त्रण महिला टी–२० क्रिकेटको दोस्रो संस्करणमा नेपाली राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले द बर्मिज आर्मीबाट खेल्ने भएकी छन् ।

फेयरब्रेक ग्लोबल र हङकङ क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगिताको दोस्रो संस्करण आगामी अप्रिल ३ देखि १६ सम्म हङकङमा हुँदैछ । यसको अघिल्लो संस्करण कोरोना जोखिमका कारण यूएईमा सारिएको थियो । पहिलो संस्करणमा पनि रुविनाले बर्मिज आर्मीबाटै खेलेकी थिइन् । उनले एउटा खेलमा मात्र अवसर पाएकी थिइन् ।

बर्मिज आर्मीले शुक्रबार आफ्नो १३ सदस्यीय टिम सार्वजनिक गरेको हो । रुविना खेल्ने टिममा दक्षिण अफ्रिकाकी लाउरा वोल्भार्ट, वेष्ट इण्डिजका डिन्द्रा डोटिन र सिमाइन क्याम्बेले, यूएईकी काभिसा गोडेग, बंगलादेशकी रुमाना अहमद र नाइगर जोटी, ब्राजिलका रोवेट्रा एभेरी र लाउरा कार्डोंसो, पाकिस्तानकी फातिमा साना, अमेरिकाकी तारा नोरिस तथा हङकङका रुची बेंकटेस र इक्रा साहर छन् ।

नारी शशक्तीकरण र समान अवसरका लागि भन्दै आयोजित प्रतियोगितामा नेपाल राष्ट्रिय टिमकी अलराउण्डर सीता रानामगरले खेल्नेछिन् । उनलाई गत कात्तिकै दोस्रो सिजनका लागि अनुबन्ध गरिएको थियो । तर, अहिलेसम्म उनले खेल्ने टिमको टुंगो लागेको छैन ।

सीताले अघिल्लो सिजन द टोर्नाडोजका लागि खेलेकी थिइन् । उनको टिमले सो प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा ४ विकेट र २२ रन बनाएकी सीता ‘पुष्पा’ सेलिब्रेसनका कारण चर्चामा आएकी थिइन् । फेयरब्रेकको पहिलो संस्करण गत बैशाखमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?