+
+

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १७:५३

८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यका अनुसार यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरि बैठक बोलाइएको हो ।

चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् ।

स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकतका लागि कार्यलद समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।

बैठकले यसबारे निर्णय लिने छ । त्यस्तै महाधिवेशन भएको एक वर्ष बितिसक्दा समेत पूर्णता नपाएका विभाग र भातृ संगठनका नेतृत्वबारे समेत निर्णय हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?