+
+

उखुको मुल्‍यमा पुनर्विचार गर्न समाजवादी किसान महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १९:३७

८ माघ, वीरगञ्ज । सरकारले निर्धारण गरेको उखुको मुल्यमा पूर्न विचार गर्न समाजवादी किसान संघले माग गरेको छ ।

माघ ७ र ८ गते वीरगञ्जमा बसेको महासंघ केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सकारलाई पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो । उखु किसान सन्तुष्ट हुन नसकेको बताउँदै महासंघले उखुको समर्थन मुल्यले किसानको लागत खर्च समेत नउठ्ने ठहर गरेको छ ।

त्यसैगरि धानको समर्थन मुल्य समयमै नतोक्दा किसानले सस्तोमा धान बिक्रि गर्न बाध्य भएको भन्दै समाजवादी किसान महासंघले धान सरकारले खरिद गर्नुपर्ने माग राखेको छ ।

बिचौलिया तथा व्यापारीलाई सस्तोमा धान बिक्रि गर्न बाध्य गर्नुको साटो सरकारले नै किसानसँग खरिद गर्नुपर्ने समाजवादी किसान महासंघका महासचिव ओम कृष्ण श्रेष्ठले बताए । सरकारमार्फत नै किसानले धान बिक्रि गर्न सके ठगिने, कम मुल्‍यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याबाट मुक्ति मिल्ने विश्वास महासंघको छ ।

बैठकले कृषि ऋण सहज र सरल तारिकाले उपलब्ध हुने वातावरण मिलाईदिन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय समेत भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए ।

महासंघ सदस्यलाई क्रियाशिल बनाउन ७ वटै प्रदेशमा फागुन ३० गतेभित्र प्रदेश समितिहरु गठन पूर्नगठन गर्ने र।

मधेश प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई महासंघको केन्द्रीय सदस्यमा ४ मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?