+
+
Shares

कलाकारलाई राष्ट्रपतिको सुझाव : चलचित्रलाई स्वस्थ मनोरञ्जनको क्षेत्रका रुपमा विकास गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:५५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फिल्म र संगीत क्षेत्रका अग्रणी कलाकारलाई बोलाएर समस्या र गुनासो सुनेकी छन् । सोमबार शीतल निवासमा राष्ट्रपति कार्यालयले आयोजना गरेको चलचित्रकर्मीसँगको अन्तरक्रियामा उनले नेपाली चलचित्रलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने क्षेत्रको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्नुपर्ने बताइन् ।

फिल्म र संगीत क्षेत्रका गुनासा सुन्दै उनले ती मागलाई सरकारको सम्बन्धित निकायमा पुर्‍याइदिने र उठाएका कुरा सम्बोधन हुने विश्वास आफूले लिएको समेत बताइन् । ‘नेपाली फिल्मका समस्या र सम्भावनाबारे म स्पष्ट भएकी छु,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यहाँ उठाइएका कुरा सरकारको सम्बन्धित निकायले सम्बोधन गर्ने विश्वास लिएकी छु ।’

नेपाली फिल्म अन्य भाषामा डबिङ भएर छिमेकी मुलुकमा समेत प्रदर्शन हुन लागेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउँदै राष्ट्रपति भण्डारीले नेपालीको अन्तर्राष्ट्रियकरणमा जोड दिइन् । रोजगारी सिर्जनादेखि राष्ट्रिय अर्थतन्त्रमा नेपाली फिल्मले भूमिका खेलेको भन्दै उनले यसलाई राष्ट्रिय उद्योगको रुपमा विस्तार गर्नु जरुरी रहेको समेत बताइन् ।

बालविवाह, बहुविवाह, बोक्सी, छुवाछूतजस्ता समाजमा रहेका बदल्नैपर्ने प्रथालाई परिवर्तन गर्न फिल्म क्षेत्रले योगदान खेल्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले कलाकारको सिर्जना मुलुकको अमूल्य निधि भएको भन्दै प्रशंसा समेत गरिन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल र उद्योग वाणिज्य महासंघ अन्तर्गतको मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले फिल्म क्षेत्रको तर्फबाट राष्ट्रपतिसमक्ष मागहरु प्रस्तुत गरेका थिए ।

राष्ट्रपति कार्यालयले आयोजना गरेको कार्यक्रममा झण्डै ५० जना कलाकार उपस्थित थिए । शीतल निवासमा कलाकारलाई बोलाएर यस क्षेत्रका समस्या र गुनासो सुनेको यो पहिलोपटक भएको अभिनेत्री भुसालले बताइन् ।

तस्वीर सौजन्य : सरिता भारती  

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?