+
+

स्पट फिक्सिङका लागि मेहबुबको फोन : ६ खेलको ३६ लाख आउँछ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १६:२८

१० माघ, काठमाडौं । कीर्तिमानी क्रिकेटर मेहबुब आलमले नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रतियोगितामा सहभागी एक बलर र एक ब्याटरलाई मेहबुबले प्रति खेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पाइएको हो ।

प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ । ‘६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो,’ अडियोमा मेहबुबले नाम नखुलेका खेलाडीसँग भनेका छन् ।

मेहबुबले प्रस्ताव गरेका दुई खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।

नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नताको तथ्य भेटिएपछि प्रहरीले मेहबुबलाई सोमबार विराटनगरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?