+
+

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २२:२७

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ ।

भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो ।

वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार अधिकृत राजेन्द्र प्रसाद चुडाललाई ज्ञापन पत्र बुझाउँँदै प्रहरीले भंसार परिसरबाट गाडी नियन्त्रणमा लिई गन्तब्य तर्फ जान अवरोध गरेर दुःख दिने गरेको बिषयलाई गम्भीर रुपमा लिन आग्रह गरेको छ ।

भन्सार चेकजाँच भई भिसिटिएस प्रणालीमा इन्ट्री गरी गन्तव्य तर्फ जान लागेका गाडी भंसार यार्ड क्षेत्रबाट घुमुवा प्रहरीले नियन्त्रणमा लिई गालीगलौज गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा लैजाने गरेको आरोप वीरगञ्ज भन्सार एजेन्ट संघले लगाएको छ ।

प्रहरीले यसबीचमा १२ वटा गाडी नियन्त्रणमा लिएको र त्यसमध्ये १० वटा गाडी राजश्व अनुसन्धान कार्यालय पथलैयाले चेकजाँच गर्दा केही नभेटिएपछि त्यसै छोडिदिएको दावी संघले गरेको छ । अझै २ वटा गाडी प्रहरी नियन्त्रणमा रहेको वीरगञ्ज भन्सार एजेन्ट संघका सहसचिव भानुभक्त अधिकारीले बताए । उनका अनुसार ना ५ ख ३८४७ र विआर ०५ जि ९४९१ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा राखेर राजश्वलाई बुझाएको छैन ।

एउटा विधि प्रक्रियाबाट चेकजाँच भएको गाडी अर्को निकायले हस्तक्षेप गरेर नियन्त्रणमा लिने र व्यवसायीलाई दुःख दिने कार्य तत्काल नरोकिए बुधवारदेखि वीरगञ्ज भन्सारबाट हुने जाँचपासको सम्पूर्ण काम ठप्प पार्ने निर्णयमा भन्सार एजेन्ट संघ पुगेको सहसचिव अधिकारीले बताए ।

प्रहरीले अधिकार क्षेत्र बाहिर गएर गाडी नियन्त्रण लिँदा व्यवसायीले लोडिङ र अनलोडिङको खर्च, गाडीको डिटेन्सन चार्ज तथा मानसिक यातना समेत भोग्नुपरेको उनीहरुको तर्क छ । यस्तो अवस्थाको अन्त्य नगरेसम्म भन्सार प्रतिनिधिमार्फत हुने चेकजाँचका काम पूर्ण रुपमा ठप्प पार्ने चेतावनी संघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?