+
+

कर्णालीकी सभामुख गुरुङले गरिन् पार्टी सदस्यता परित्याग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १४:३५

११ माघ, सुर्खेत । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छिन् ।

सभामुख गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।

नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

जारी विज्ञप्तिमार्फत् सभामुख गुरुङले भनेकी छिन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकाका रहनुपर्ने भएकोले संवैधानिक प्रावधानप्रति प्रतिवद्ध हुँदै म आवद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गर्दछु ।’

सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?