+
+

सुस्मिताले सुटिङको विश्वकपमा सहभागिता जनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १९:३८

११ माघ, काठमाडौं । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल/पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

ओलम्पिकको छात्रवृत्ति होल्डर सुस्मिताले महिलाको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् ।

उनीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाइ गरे ।

प्रतियोगितामा सुस्मिताले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको नेपाल सुटिङ संघले जनाएको छ । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले प्रतियोगिता ओलम्पिक स्कलरसिपमा रहेका खेलाडीका लागि अनुभव बटुल्ने राम्रो अवसर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?