+
+

सुदूरपश्चिममा ३ वर्षमा २९ छुवाछुत र जातीय विभदेका घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १३:५३

१२ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा तीन बर्षको अवधिमा २९ जातीय छुवाछुत तथा बिभेदका घटनाहरु भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७६/०७७ मा जातीय छुवाछुत तथा भेदभावविरुद्ध ८ जाहेरी परेका छन् । सो अवधिमा सबैभन्दा बढी कैलालीमा ४ जातीय छुवाछुतका घटनाहरु दर्ता भएका थिए । बाजुरामा १, कञ्चनपुरमा २ र डडेल्धुरामा १ जातीय छुवाछुतका घटनाहरु दर्ता भएका प्रदेश प्रहरी कार्यालयले दिएको बिवरणमा उल्लेख छ ।

यस्तै, आर्थिक बर्ष ०७७/०७८ मा उक्त संख्या बढेर १७ पुगेको छ । यस अवधिमा सवैभन्दा बढी कैलालीमा ६ जातीय छुवाछुतका घटनाहरु भएका छन् । सो अवधिमा अछाममा ४, डोटीमा ३, कञ्चनपुरमा २, बैतडीमा १ र बझाङमा १ जाहेरी दर्ता भएका छन् ।

आर्थिक बर्ष ०७८/०७९ मा ४ जातीय छुवाछुतका घटनाहरु दर्ता भएका छन् । यस अवधिमा कैलालीमा २, अछाममा १ र बाजुरामा १ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा पनि २ जातीय छुवाछुत तथा भेद्भावका जाहेरी दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुर र बाजुरामा १÷१ जातीय छुवाछुतका घटना दर्ता भएका छन् । विगत ३ बर्षमा सुदूरपश्चिमका नौ जिल्लामध्ये दार्चुला जिल्लामा मात्रै जातीय छुवाछुत तथा भेदभावको कुनै पनि घटना दर्ता नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

०६२/०६३ सालको जनआन्दोलनको बलमा पुनस्र्थापित प्रतिनिधि सभाको बैठकले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत तथा भेदभावमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यस्तै, तत्कालीन व्यवस्थापिका–संसदले २०६८ साल जेठमा जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन जारी गरेको थियो ।

संविधानको धारा २४ मा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हककै रुपमा स्थापित हुँदा समेत जातीय छुवाछुत तथा भेदभावका घटना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?