+
+

विराटनगरमा प्रेमप्रसाद र मोहनको श्रद्धाञ्जली सभा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १६:५५

१३ माघ, विराटनगर । बुधबार विराटनगरमा मृत भेटिएका व्यवसायी मोहन न्यौपाने र काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यप्रति विराटनगरका व्यवसायीले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आर्थिक भार थेग्न नसकेको भन्दै सुसाइट नोट लेखेका विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेको शव बुधबार घरमै फेला परेको थियो । आचार्यले भने काठमाडौंमा आत्मदाह गरेका थिए ।

उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगरका व्यवसायीले बैंकले दिएको प्रेसरका कारण न्यौपानेले आत्महत्या गरेको दाबी गरे । न्यौपानेले सांग्रिला बैंकबाट एक करोड ४५ लाख रुपैयाँ ऋण लिएका थिए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरले राज्य र पद्धतीको सुधारका निम्ति दुई व्यक्तिले ज्यान दिएको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले इलामका प्रेमप्रसाद आचार्य र विराटनगरका मोहन न्यौपानेको आत्महत्या राज्यको कमजोरीका कारण भएको बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले राज्य छ भन्ने अनुभूति राज्यले दिलाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?